पुलबाट हाम्फालेकी अधिकारीको एपीएफ टोलीद्वारा उद्धार

समाचार

8/8/2020

रुपन्देही, २४ साउन । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित डण्डा खोलामा पुलबाट हाम्फालेकी सोही ठाँउ बस्ने २७ बर्षिय पबित्रा अधिकारीको एपीएफ टोलीले जीवितै उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो ।

निज अधिकारीले पुलबाट हाम्फालेको भन्ने जानकारी पाउनासाथ तत्कालै खटिएको एपीएफ टोलीले उनलाई उक्त खोलाबाट जीवितै बाहिर निकाल्न सफल भएको हो ।

निज अधिकारीलाई आवश्यक उपचारार्थ भिम अस्पताल भैरहवातर्फ पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ