काठमाडौं, २ साउन । पशुपति क्षेत्र विकास कोषले भारतीय मुलका भट्ट हटाउने भनि चलेको हल्ला निराधार भएको प्रष्टिकरण दिएको छ ।
प्रधानमन्त्रीले राम जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्ति विवादमा परेपछि पशुपतिबाट भारतीय भट्ट हटाउन लागिएको भन्ने विषय चर्चामा आएको छ ।
विकास कोषले विज्ञप्ति जारी गर्दै भट्ट हटाउने चर्चाको खण्डन गरेको हो ।
कोषका सदस्य सचिव प्रदीप ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको, ‘नेपाल सरकार, संस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौं ।’
विकास कोषले नेपाल र भारतका बीचमा सदियौंदेखि जनस्तरमा कामय भएको धार्मिक, आध्यात्मिक, सामाजिक र साँस्कृतिक सम्बन्ध बिगार्न केही शक्ति लागिपरेको उल्लेख गरेको छ ।
‘प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरु सक्रिय रहेको हुँदा त्यस्ता भ्रामक समाचारको पछाडि नलाग्न सम्बन्धित सबैमा विनम्र अनुरोध गर्दछु’, ढकालले भनेका छन् ।
तपाईको प्रतिक्रिया