बाँकेमा भरुवा बन्दुकसहित दुई पक्राउ

समाचार

8/5/2020

बाँके, २१ साउन । राप्तीसोनारी गाउँपालिका–४ खरघट्टीबाट २ नाल भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५० वर्षीय राम बली चौधरी र ६१ वर्षीय बिष्णु प्रसाद चौधरी रहेका छन् ।

घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी सुईयाँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ