बाँकेमा १० बजेपछि औषधी बाहेकका पसल बन्द

समाचार

5/1/2020

नेपालगन्ज, १९ बैशाख । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबारबाट १० बजेदेखि औषधी बाहेकका सबै पसल बन्द गर्ने सूचना जारी गरेको छ ।

लकडाउन उल्लघंन गर्दै कतिपय व्यवसायीहरुले पसल खोलेको पाइएपछि जिल्ला प्रशासन कार्यलयले यस्तो निर्णय गरेको हो ।

१० देखि ४ बजेसम्म अत्यावश्यकीय पसल, व्यवसाय सञ्चालन गर्दा लकडाउनको उल्लंघन बढेपछि प्रशासनले १० बजेदेखि नै कडाई गर्ने बताएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ