बाँकेमा ८ सहित ९ जना कोरोना संक्रमित थपिए

समाचार

5/14/2020

काठमाडौं, २ जेठ । बाँके जिल्लामा फेरि ८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमतिसहित नौ जना फेला परेका छन् । शुक्रबार विहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ