बैतडीका तल्लोसोराडमा भारतसँग जोडिएका सबै नाका बन्द

समाचार

3/21/2020

बैतडी, ८ चैत । कोरोना भाइरसको संक्रमणको डरमा बैतडीको तल्लोसोराडमा भारतसँग जोडिएका सबै नाका (घाट) बन्द गरिएका छन् ।

शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द गर्ने निर्णय भएको हो ।

शिवनाथ गाउँपालिकाको १ र पञ्चेश्वर गाउँपालिकाका ३ घाट बन्द गर्ने र अरु घाट सञ्चालनमा ल्याउने निर्णय गरेको भएपनि खुला राख्ने निर्णय भएको थियो ।

तर खुला राख्ने घाटहरुमा पनि उपकरणको व्यवस्था गर्न सक्ने अवस्था नभएपछि घाटहरु बन्द गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णिसंह साउँदले बताए ।

उनले भने ‘कोरोनाको विश्वव्यापी संक्रमणको जोखिम हेरर हामीले गाउँपालिकासँग जोडिएका सबैघाट बन्द गर्ने निर्णय गरेका छौं ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ