बैतडीका सीमामा सशस्त्र प्रहरी खटाइयो

समाचार

4/11/2020

बैतडी, २९ चैत । भारतसँग सीमा जोडिएको बैतडीका सीमाक्षेत्रमा आवागमनमा कडाई गरिएको छ । लकडाउनका बेला महाकाली नदीवाट अबैध रुपमा नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न नाकाहरूमा सशस्त्र प्रहरी परिचालन गरि आवागमनमा कडाई गरिएको हो ।

जिल्लाका विभिन्न १० भन्दा बढी नाका (घाट)हरूमा सशस्त्र प्रहरी परिचालन गरिएको हो । सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म बैतडीबाट सीमा क्षेत्रमा पाँच टोली परिचालन भएका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले जानकारी दिए ।

जिल्लाको शिवनाथ गाउँपालिका,पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न सीमा क्षेत्रमा ६३ जनाको टोली परिचालन गरिएको उनले बताए ।

सशस्त्र प्रहरी परिचालनसँगै सीमा नाकाको आवागमनमा कडाई भएको छ । लकडाउनका बेला अबैध रुपमा भारतबाट आएका सुदूरपश्चिममा नागरिकमा कोरोना संक्रमण देखा परेपछि सीमा क्षेत्रमा आवागमनमा कडाई गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ