परीक्षालाई मर्यादित बनाउन तयारी अन्तिम चरणमा

समाचार

3/16/2020

गौर, ३ चैत । चैत ६ गतेदेखि सुरु हुन लागेको एसईई परीक्षाको तयारी तीव्र भईरहेको छ । विभिन्न जिल्लामा तयारी पुरा भईसकेको छ । रौतहट जिल्लामा पनि एसईई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।

एसईई परीक्षालाई मर्यादित बनाउने उद्देश्यले सम्पूर्ण तयारी गरिएको शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जनाएको छ । एसईई परीक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष नियुक्ति, सहायक कर्मचारी निर्धारणलगायतका कार्य सम्पन्न भएको एकाइ प्रमुख रामवियनकुमार सिंहले बताए ।

रौतहटमा यस वर्ष नियमिततर्फ साधारण र प्राविधिक धार गरी सात हजार ४४३ जना विद्यार्थी विद्यार्थी तथा ग्रेडवृद्धितर्फ साभारण र प्राविधिक धार गरी २०५ गरी कुल सात हजार ६४८ जना विद्यार्थी सहभागी हुने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ