रौतहट, २३ चैत । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको बृन्दावन नगरपालिकाले राहत प्याकेज दिने निर्णय गरेको छ ।
शनिबार कार्यपालिकाको कार्यालयमा बोर्डको बैठक गरेर नगर प्रमुख राम स्नेही यादवले यस्तो निर्णय गरेको हो ।
बृन्दावन नगरपालिकाभरि रहेको करिब ५२ सय गरिब विपन्न परिवारलाई राहत प्याकेज दिने मेयर यादवले बातएका छन् ।
यस्तो महासंकटको घडीमा वास्तविक गरिब मजदुर असहायलाई राहत वितरण गर्नुपर्ने अति आवश्यक भएकोले कुनै पनि गरिब परिवारको नाम लिस्ट नछोडन मेयर यादवले सम्पूर्ण वडाअध्यक्षहरुलाई आग्रह गरेका छन् ।
शनिबार कार्र्यपालिकामा बसेको बोर्ड बैठकमा नगरभरीका चुनियको ५२ सय विपन्न तथा गरिव परिवारलाई आईतबारबाट राहत र्फम भर्न समेत नगर प्रमुख यादवले आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया