काठमाडौं, २९ जेठ । भारतसँगको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी विधेयकविरुद्ध संशोधनको प्रस्ताव दर्ता गराएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कारबाही गर्ने चेतावनी दिएका छन् ।
बाबुरामले ट्वीटरमा लेख्दै देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पु¥याउने कार्य गर्न नहुने र कसैले गरे दण्डनीय हुने पनि बताएका हुन ।
‘जनता समाजवादी पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो । यसका नेता तथा कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पु¥याउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन ।,’ उनले लेखेका छन्, ‘कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन् । कसैलाई कुनै भ्रम नहोस् ।’
ट्वीटरमा उनले पार्टीका प्रमुख सचेतक उमाशंक अरगरियाले हस्ताक्षर गरेर संसदमा दर्ता गरेको सूचना फिर्ता लिन आग्रह गरिएको पत्र पनि सँगै पोस्ट गरेका छन् । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले पनि फेसबुक स्टाटस लेखेर सरिता गिरीलाई अनुशासनको दायरामा ल्याउनुपर्ने उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया