बर्दिवास बजार आजदेखि बन्द

समाचार

3/22/2020

महोत्तरी, ९ चैत । विश्वव्यापीरुपमा फैलिरहेको महामारी कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै महोत्तरीको अधिकांश पालिकाले बजार बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण विरुद्ध सचेत रहन सर्वसाधारणलाई आह्वान गर्दै महोत्तरीको बर्दिबास बजार बन्द गर्ने निर्णय व्यवसायीहरुले गरेको हो ।

कोरोना भाइरस संक्रमणको त्रासमा बर्दिबास बजारमा उपभोक्ताहरुको पातलो उपस्थितिका कारण समेत बजार सुनसान देखिन थालेपछि बर्दिवास उद्योग वाणिज्य संघले यस्तो निर्णय गरेको छ ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिनका लागि अतिआवश्यक सेवा बाहेक बर्दिवास स्थित उद्योग, कलकरखाना बन्द गर्ने निर्णय गरिएको बर्दिबास उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।

बदिर्वास उद्योग वाणिज्य संघले चैत ९ गतेदेखि २१ गतेसम्म करोना भाईरसको संक्रमण विरुद्ध सावधानी अपनाउन बजार बन्द गर्न व्यवसायीलाई अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ