बिरेन्द्र यादवको परिवारलाई ५ लाखको चेक हस्तान्तरण

समाचार

7/16/2020

जनकपुरधाम, १ साउन । लकडाउनका कारण मुलुकमा प्रवेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने बिरेन्द्र गुरमैता यादवको परिवारलाई मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पाँच लाखको चेक हस्तान्तरण गरेका छन् ।

शहिदनगर नपा ९ गोठ कोयलपुर स्थित यादवको घर पुगेका मुख्यमन्त्री राउतले मृतकका श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवारप्रति समवेदना ब्यक्त गर्दै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गरएको बताए ।

उक्त अवसरमा प्रदेशसभा सदस्य राम आशिष यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ