बारामा अवैध घरेलु मदिरा भट्टी नष्ट

समाचार

3/17/2020

बारा, ४ चैत । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, फेटा गाउँपालिका लगायतका स्थानहरूमा रहेका अवैध घरेलु मदिरा भट्टीहरु नष्ट गरिएको छ ।

अवैध घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी तथा भट्टीबाट करिब ३ हजार १ सय ६० लिटर कच्चा पदार्थ र करिब १ सय लिटर तयारी मदिरा सोमबार प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिमरा, कोल्हवी, जितपुर र सिमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरीले उक्त भट्टी तथा मदिरा नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ