बारा, १३ साउन । जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सोमबार कलैया उपमहानगरपालिका–१ भरतचोकमा कोभिड–१९ सम्बन्धी जनचेतना तथा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीद्वारा कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्मा आ–आफ्नो विचारराख्नु भएको थियो। सो अवसरमा स्थानीय व्यापारी, पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।
हालसम्म जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाई हिँड्ने २ हजार २ सय ५७ जना व्यक्तिहरूलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरी २ लाख २५ हजार ७ सय राजश्व समेत संकलन गरेको उक्त कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया