बारामा चट्याङ लागेर चार जनाको मृत्यु

समाचार

7/2/2020

बारा, १८ असार । कलैया उपमहानगरपालिकाको सितलपुर र फेटा गाउँपालिका त्रिवेणीमा बिहीबार बिहान चट्याङ लागÞेर चार महिलाको मृत्यु भएको छ ।

फेटा–१ त्रिवेणीका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतो एवं कलैया उपमहानगरपालिका सितलपुरको ३५ वर्षीया आसादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।

चट्याङले फेटा गाउँपालिकाका ६ र कलैया नगरपालिकाका १ गरी सात जना घाइते भएका छन् । घाइते हुनेहरुमा फेटा गाउँपालिका ५५ वर्षीया बचवादेवी हजाम, ६० वर्षीया राजपति देवी, ३५ वर्षीया कान्ति देवी, ६० वर्षीया उमा देवी, २५ वर्षीया लिलावती देवी र ३५ वर्षीया सोसिता देवी छन् ।

यसैगरी कलैया नगरपालिकाकी ५० वर्षीया मरियम खातुन पनि घाइते भएकी छन् । घाइतेहरुको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ