बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

2/24/2020

रौतहट, १२ फागुन । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर नगरपालिका–५ मठटोल बस्ने ४१ वर्षीय नथुनि साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई साहले ललाई फकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ