धनगढी, २१ फागुन । धनगढीमा मानिसहरुको भिडभाड हुने किसिमका कार्यक्रम नगर्न नगर प्रमुख वडले अपिल गरेको जनाइएको छ ।
अपिलमा चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस विश्वमा फैलँदै गएको छ । कोरोना भाईरस (कोभिड १९ ) को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै संक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग हो । विश्वका ३३ भन्दा बढी मुलुकमा कोरोना भाइरस फैलिएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरिसकेको उल्लेख छ । हामीले पनि फैलँदो महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने देखिन्छ ।
धनगढी उप–महानगरपालिकाले कोरोना भाइसरको संवेदनशीलताका लागि धनगढीमा कुनैपनि प्रकारका कार्यक्रम नगर्न अपिल गरेको छ । बुधवार नगरवासीका नाममा अपिल जारी गर्दै नगर प्रमुख निपृ बहादुर वडले कुनैपनि किसिमका सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भिडभाडमा गरिने किसिमका कार्यक्रमहरुको आयोजना नगर्न अनुरोध गर्नुभएको छ ।
नगरप्रमुखद्धारा जारी अपीलमा भनिएको छ, यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्ने हुनाले साथीभाईहरु संग भेटघाट हुँदा हात नमिलाउन, दुईमिटर टाढा नै बस्न ,मास्क लगाउन,साबुन पानीले कुहिना सम्म हात सफागर्न , केहि दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न , सभा सम्मेलन, भिडभाडमा सहभागि नहुन नगरवासीमा अनुरोध गरिएको छ ।
हल्दी, बेझो र लसुनको सेवनले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सकिने भएकाले परिवारका सदस्यलाई सुझाव दिनहुन पनि अनुरोधगरिएको छ ।
तपाईको प्रतिक्रिया