पर्सा, १ असार । अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब २ लाख ६७ हजार ५ सय १ रुपैयाँ मूल्य बराबरका ९ वटा भैसीसहित वीरगञ्ज महानगरपालिका–२७ घुर्मी घर भएका ३५ वर्षीय कामेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई भारतबाट नेपालतर्फ भन्सार छलि ल्याउँदै गरेका उक्त भैसी सहित फेला पारी पर्सा धोबिनी गाउँपालिका–२ भलुबहियाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया