कञ्चनपुर, २५ चैत । भारतको स्थानीय प्रशासनले कञ्चनपुरको सीमावर्ती क्षेत्र वनवासा र टनकपुर लगायतका स्थानमा २३८ जना नेपालीहरुलाई क्वारेन्टाइनमा राखेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतीय पक्षबाट मागेको जानकारी अनुसार लकडाउन गरिएपछि भारतबाट सीमा क्षेत्र हुँदै घर फर्कने नेपालीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको हो ।
क्वारेन्टाइनमा रहेका नेपालीलाई भारतीय पक्षले बस्ने र खाने व्यवस्था गरेको छ ।
जिल्लामा रहेका चिनीमिल, इटाभट्टा लगायतका उद्योग, कालकारखानमा कार्यरत स्वदेशी तथा विदेशी कामदारहरुको विस्तृत विवरण माग गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकोय अधिकृत कृष्णनन्द जोशीले बताए ।
तपाईको प्रतिक्रिया