भारतका चर्चित अभिनेता इरफान खानको निधन

समाचार

4/29/2020

काठमाडौं, १७ बैशाख । भारतीय चलचित्र जगत्का चर्चित अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा निधन भएको छ ।

मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार ५४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

५४ वर्षीय इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । उनी यसको लन्डनमै उपचार गराइरहेका थिए । सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीटमार्फत बताएका थिए ।

इरफानले अभिनय गरेको अन्तिम चलचित्र अँग्रेजी मिडियम हो । उनले हलिउडको चलचित्रहरुमा समेत अभिनय गरिसकेका छन् । उनलाई रियलिस्टिक एक्टरको रुपमा समेत चिनिन्छ ।

इरफानको निधनले बलिउड इन्डस्ट्री शोकमा डुबेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ