भारतको तेलंगनामा लकडाउनको अवधि थप

समाचार

4/21/2020

काठमाडौं, ९ बैशाख । भारतको तेलंगना सरकारले हाल जारी रहेको लकडाउनको अवधिलाई आगामी मे ७ तारिखसम्म लम्ब्याउने निर्णय गरेको छ ।

त्यहाँको मन्त्रिपरिषदलेसो निर्णय गरेको बताइएको छ । यसअघि घोषित यो नीतिमा थप गरी यो अवधिसम्म पु¥याइएको समाचारमा जनाइएको छ । तेलंगना राज्यका मुख्यमन्त्री के चन्द्रशेखर रावले यस विषयमा जानकारी दिएका छन् । उनकाअनुसार यहाँका अत्यावश्यक खाद्यान्नलगायतका उद्योग र औषधि उद्योग एवं पसलहरु भने खुला रहने छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे १ तारिखसम्म लगाएको लकडाउनको अवधिलाई बढाएर भारतभर मे ३ सम्म पु¥याएलगत्तै यता यस राज्य सरकारले पनि यो घोषणा गरेको हो ।

मुख्यमन्त्री रावले तेलंगना राज्यमा बाहिरबाट आएर बसोबास गरिरहेका आप्रबासीहरुमध्ये परिवारमा बस्नेहरुका लाग प्रतिपरिवार १ हजार ५०० भारतीय रुपैयाँ र एक्लै बस्नेका लागि खाद्यान्न उपलब्ध गराइने जानकारी पनि दिए । यहाँको मुख्य सरकारले यहाँ काम गरिरहेका प्रहरीहरुको तलबमा १० प्रतिशत बृद्धि गरेको पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ