काठमाडौं, २ पुस । भारतमा लेफ्टिनेन्ट जनरल मनोज मुकुन्द नरवाने नयाँ सेनापति हुने भएका छन् ।
वर्तमान सेनापति जनरल विपिन रावतको कार्यकाल ३१ डिसेम्बरमा समाप्त हुँदैछ । नारावाने दुई वर्ष ४ महिना सेनापति रहने छन् ।
५९ वर्षीय नरवाने चीन विज्ञ मानिन्छन् । उनले लामो समय जम्मु र कस्मिर तथा भारतको उत्तरपूर्वमा प्रतिआतंकवाद र प्रतिविद्रोह अपरेसनको नेतृत्व गरेका थिए । अहिले उनी भारतीय सेनाको उपप्रमुख हुन् ।
उनले कोलकातास्थित पूर्वी कमान्डको नेतृत्व गरेका थिए जुन पूर्वी क्षेत्रमा चीनसँगको सीमा रक्षाका लागि जिम्मेवार मानिन्छ ।
उनको अनुभव चीनसँगको रणनीतिक प्रतिस्पर्धामा निकै उपयोगी हुने विश्लेषकहरुले बताएका छन् । भारत सरकारले उनलाई वरिष्ठताका आधारमा सेनापति बनाउने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया