भारतको महाराष्ट्रमा एक हजार भन्दा बढी प्रहरीमा कोरोना संक्रमण

समाचार

5/13/2020

काठमाडौं, ३१ बैशाख । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको संख्या एक हजारभन्दा बढी पुगेको छ । मंगलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ । मङ्गलबारसम्ममा एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातको मृत्यु भएको छ ।

सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन् । संङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान रहेका छन्।

मङ्गलबारसम्ममा भारतभर ७१ हजार ४४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४०१ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये दुई हजार ३१० व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ ।

यसैबीच, महाराष्ट्रमा महामारीको स्थितिबारे बुझ्न प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्य मन्त्रीसँग भिडियोमार्फत कुराकानी गरेका थिए । मुख्यमन्त्री उद्धव ठाक्रेले प्रधानमन्त्री मोदीसँग संघीय सरकारबाट थप सहयोगको लागि माग गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ