भारतद्वारा चिकित्सक र विज्ञ टोली पठाउने प्रस्ताव

समाचार

3/21/2020

काठमाडौं, ८ चैत । भारतले नेपालमा कोरोना भाइरस रोक्नका लागि चिकित्सक तथा विशेषज्ञहरुको टिम पठाउने प्रस्ताव गरेको छ ।

‘चिकित्सक तथा विशेषज्ञहरुको ¥यापिड रेस्पोन्स टिमसहितका विषयमा सहयोग गर्न भारतले सहयोगका लागि गरेको प्रस्तावलाई नेपालका परराष्ट्रमन्त्रीले धन्यवाद व्यक्त गर्नु भएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतीय विदेशमन्त्री जसशंकरले नेपालले सहयोगका लागि गरेको आग्रहमा सकारात्मक जवाफ दिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ