काठमाडौं, २७ पुस । एक अपहरित युवतीको उद्धारका लागि भारतले नेपाललाई अनुरोध गरेको छ । भारत सरकारले औपचारिक पत्र नै पठाएर नेपाल सरकारलाई अनुरोध गरेको हो ।
नेपालस्थित भारतीय राजदूतावास मार्फत कन्सुलर विभागलाई पत्र लेख्दै भारतले अपहरित भनिएकी प्रतिभा सिंहलाई नेपालबाट तेस्रो देश उड्नबाट रोक्न आग्रह गरेको हो ।
पत्रमा भारतीय राहदानीबाहक प्रतिभा सिंहलाई जर्मन राहदानीबाहक जर्नादन अडुगोडी भित्तलले अपहरण गरेको उल्लेख छ । पत्रमा जर्नादनले प्रतिभालाई नेपाल भएर तेस्रो देश भगाउने सम्भावना रहेकाले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिदिन आग्रह गरिएको छ ।
दूतावासले कन्सुलर विभागसहित गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल समेतलाई बोधार्थ गरेको पत्रमा यो विषयलाई उच्च प्राथमिकतामा राखेर कारबाही अघि बढाउन पनि भनिएको छ ।
तपाईको प्रतिक्रिया