काठमाडौं, ११ बैशाख । नेपाली सेनाले भारतको सरकारी कम्पनीबाटै औषधि खरिद गर्ने भएको छ । भारतको औषधि विभाग अन्तरगतको कम्पनी ब्युरो अफ फार्मा पीएसयूएस इन्डिया (बीपीपीआई) बाट औषधि खरिद गर्ने भएको हो ।
उक्त कम्पनीबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने तयारी सेनाले गरेको छ । कम्पनीलाई परराष्ट्र मन्त्रालय मार्फत रकम पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
भारतबाट एक करोड ५० लाख भारुमा ५३ प्रकारका औषधि ल्याउन लागिएको हो । कम्पनीले ती सबै औषधि दिल्लीस्थित नेपाली दूतावासमा उपलब्ध गराउने छ । अन्य स्वास्थ्य सामग्री चीनबाट ल्याइने भएको छ ।
३ सय ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि चीनको सिनो फार्मा इन्टरनेशनल कर्पोरेसनलाई २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ पठाइसकिएको छ । चीनबाट पहिलो चरणमा पीपीई, मास्क, पीसीआर टेष्टकिटहरु ल्याउन लागिएको हो ।
तपाईको प्रतिक्रिया