बुटवल, २६ जेठ । सुनौली नाका हुँदै दुई सातायता ११ हजार सात सय ४४ नेपाली स्वदेश भित्रिएका छन् । केही दिन यता नेपालीहरू भित्रिने क्रम बढेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
भारतका विभिन्न ठाउँमा रोजगारीको सिलसिलामा गएका ती नेपाली जेठ १० गतेयता भित्रिएका हुन् । यो अवधिमा नेपालबाट भारत जाने भारतीय नागरिकहरूको संख्या १३ हजार १९८ रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी भट्टरार्यले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपालबाट भारततर्फ जानेको संख्या पनि दिनहुँ बढ्न थालेको छ ।
नेपालबाट दैनिक एक हजारभन्दा बढी भारतीय नागरिक भारततर्फ प्रवेश गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले बताए । विभिन्न ईंटाभट्टालगायत उद्योगधन्दामा काम गर्ने भारतीय मजदुरहरू आफ्नो देश फर्किएका हुन ।
तपाईको प्रतिक्रिया