भारतबाट ८ सय १९ नेपाली भित्रिए, १४ सय ८३ भारतीय फर्किए

समाचार

5/15/2020

काठमाडौं, २ जेठ । डेढ महिनादेखि भारतीय क्वारेन्टाइनमा रहेका ८ सय १९ नेपालीलाई बिहीबार मध्यरातमा बाँकेका विभिन्न नाकाबाट भित्रयाइएको छ । भारतीय क्वारेन्टाइनमा रहेका नेपालीले अनेकौँ कष्ट भोग्नुपरेपछि उनीहरुलाई दुवै देशको सहमतिमा नेपालगन्ज र अन्य सहायक नाकाबाट ल्याइएको हो ।

नेपालगन्ज नाकाबाट ६ सय ८८ जना भित्रिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । नरैनापुरको भगवानपुर नाकाबाट ८९ र डुडुवा गाउँपालिकाको खडैचा नाकाबाट ४२ जना नेपालीलाई नेपाल ल्याएको उनले बताए ।

भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याउँदा नेपालको क्वारेन्टाइनमा रहेका भारतीयलाई लैजान सहमति भएको खड्काले बताए । उनले भारतको बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको बताए ।

यस्तै सीमा आसपास अलपत्र परेका दुबै देशका नागरिकको उद्दार गरि आ–आफ्नो देशमा जानदिने सहमती अनुसार एक हजार चार सय बढी भारतीयलाई पठाइएको छ ।

बहराइच प्रहरीले नेपाल आउने सात सय १ हजार चार सय ८३ भारतीय स्वदेश फर्किएका छन् । उनीहरुलाई भारतीय अधिकारीले आफ्नो देश लैजान सहयोग गरेका थिए । भारतबाट ल्याइएका बाँके र बर्दियाकालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ