भारतमा आइतबार ‘जनता कर्फ्यु’

समाचार

3/20/2020

काठमाडौं, ७ कार्तिक । भारतले ‘जनता कर्फ्यु’ घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आइतबार बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म १४ घण्टा अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किएर जनता कर्फ्यु पालना गर्न आग्रह गरेका छन् ।

जनता कर्फ्युको अनुभव र सफलताले आगामी कोभिड–१९ को चुनौती सामना गर्न तयार पार्ने उनको भनाइ छ ।

देशवासीका नाममा सम्बोधन गर्ने क्रममा मोदीले विश्वयुद्धबाट भन्दा पनि बढी मानिस कोभिड–१९ का कारण प्रभावित भएको बताए ।

मोदीले महामारीविरुद्ध जुध्न आफू संक्रमित हुनबाट बच्न र अरूलाई बचाउने संकल्प गर्न पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ