बर्दिया, १२ बैशाख । भारतको बहराइचमा रहेका बर्दियाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियासँग सीमा जोडिएको बहराइचमा एक नेपालीसहित आठजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित व्यक्ति ठाकुरबाबा नगरपालिका–२ सुजनपुरका रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
रुपैडिहा बहराइचको सेल्टर क्वारेन्टाइनमा रहेका तीनजना नेपालीको नमुना परीक्षण गर्दा एकजनामा कोरोना पुष्टि भएको हो ।
बहराइचमा कोरोना संक्रमित फेला परेपछि सीमा क्षेत्रमा उच्च सर्तक रहन सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ । कोरोना संक्रमित आठजनामध्ये दुई भारतीय बर्दियाको राजापुर, मधुवन नगरपालिका आसपासमा काम गर्ने रहेको खुलासा भएको छ ।
तपाईको प्रतिक्रिया