काठमाडौं, ५ साउन । भारतको हरियाणा राज्यमा पर्ने रोहतकमा कोरोना भ्याक्सिनको ह्युमन ट्रायल सुरू भएको छ ।
हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले भारतमा तयार हुने कोरोना भ्याक्सिनको ह्युमन ट्रायल पीजीआई रोहतकमा सुरू भएको बताएका छन् ।
भारत बायोटेक कम्पनीले तयार गरेको कोभ्याक्सिनलाई मुसा र खरायोमा सफल प्रयोग गरिसकिएको छ । स्वास्थ्यमन्त्री विजका अनुसार यो भ्याक्सिन दिइएका मानिसहरुमा अहिलेसम्म नकारात्मक प्रभाव परेको छैन ।
तपाईको प्रतिक्रिया