भारतीय क्रिकेटर तेन्दुलकरसँग प्रधानमन्त्रीको भेट

समाचार

11/17/2019

काठमाडौं, १ मंसिर । विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

युनिसेफको आयोजनामा नेपाली बालबालिकासँग क्रिकेट खेल्न शुक्रबार नेपाल आएका तेन्दुल्करले शनिबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए ।

उनी आइतबार बिहान पशुपतिनाथको दर्शन गर्नुका साथै प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । तेन्दुलकर युनिसेफका सद्भावना दूत पनि हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा तेन्दुल्करले बालबालिकाको अधिकार संरक्षण र उनीहरुको हितका लागि नेपाल सरकारले गरेको प्रयासको पनि प्रशंसा गरे ।

उनले बालअधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालले गरेका प्रयासको सराहना गरे । सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ