भारतीय खेलकुद मन्त्रीको भिडियोमा नेपथ्यको गीत ‘रेशम’

समाचार

6/19/2020

काठमाडौं, ५ असार । भारतको इन्डोतिब्बत बोर्डर पुलिस आइटीबीपीले आउलीमा समर र विन्टर गेम्सलाई प्रमोशन गर्ने तयारी गरेको जनाएको छ ।

भारतीय खेलकुद मन्त्री किरेन रिज्जुले फेसबुकमा भिडियो पोष्ट गर्दै उक्त क्षेत्रमा समर र विन्टर गेम्स राम्रो हुने भन्दै आइटीबीपीलाई यी खेलका सुविधा दिने योजनामा लागेको बताएका छन् ।

आइटीबीपीले उक्त क्षेत्र भ्रमण गरेको छ । र उक्त क्षेत्र लोभलाग्दो गरी भिडियोमा खिचिएको छ । सबैभन्दा आकर्षक त उक्त भिडियोको कभर गीत नेपाली गीतलाई लिइएको छ ।

नेपथ्य ब्याण्डको गीत ‘रेशम’ लाई राखिएको हो । उक्त ब्याण्डको एल्बम रेशम सन् २००१ मा आएको थियो । यसका प्रमुख गायक अमृत गुरुङ हुन् । यो गीत देशविदेशमा चर्चित छ ।

यसलाई जनस्तरको सम्बन्ध बढाउन पनि ‘कुटनीतिक’ रुपमा यो गीत र भिडियोलाई लिइएको छ । नेपाल भारतबीचको कलात्मक, परम्परा र गीत–संगीत मिल्छ । त्यसैलाई जोड्ने प्रयास पनि मन्त्री रिज्जुले गरेको देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ