भारतीय दूतावासद्वारा राहत वितरण

समाचार

4/17/2020

काठमाडौं, ५ बैशाख । नेपालस्थित भारतीय दूतावासले लकडाउनको प्रभावमा परेका र घर जान नपाई काठमाडौंमै अड्किएर बसेका आफ्ना नागरिकलाई राहत वितरण गरेको छ । यो कार्य दूतावासले जारी राखेको छ ।

दूतावासले आफ्ना नागरिकहरुलाई परिचयपत्रको आधारमा राहत वितरण गर्दै आएको छ । दूतावासले काठमाडौंमा दैकिन ज्यालादारी गरी जीवीकोपार्जन गर्ने मजदुरहरुलाई राहत वितरण गर्दै आएको छ ।

दूतावासले गत १२ दिनदेखि लगातार वितरण गरिरहेको छ । हालसम्म करिब दश हजारलाई वितरण गरिसकेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ