भारतीय नागरिकता कानुनको विषयमा भारतीय सांसदद्वारा जेनेभामा छलफल

समाचार

2/29/2020

नयाँदिल्ली, १७ फागुन । भारतमा पछिल्लो दुई महिनादेखि जारी नागरिकता कानुनको पक्ष र विपक्षमा विवाद चलिरहँदा भारतीय राज्यसभा सांसद मोबाशेर जावेद अख्तर (एमजे अकबर)ले जेनेभामा युरोपेली सांसदहरुसँग छलफल गरेका छन् ।

जेनेभामा मानवअधिकार काउन्सिलको बैठकमा सांसद अकबरले भारतीय नागरिकता कानुनको पक्षमा बलियो धारणा राखेका हुन ।

भारतीय नागरिकता कानुनको समर्थन गर्र्दै उनले भारतको विशेष र महत्वपूर्ण उपलब्धि उहाँको विविधतायुक्त संस्कृति र संविधानद्वारा प्रदत समानताको अधिकार रहेको उल्लेख गरे । भारतमा कुनै पनि पन्थभन्दा बढी यहाँको लोकतन्त्र प्रभावी रहको पनि उनले स्पष्ट पारे ।

अकबरले महात्मा गान्धीको भनाइ उद्धृत गर्र्दै हिन्दू र मुस्लिम सबै एक हुन र सबैलाई ईश्वरले बनाएको चर्चा गरे ।

छलफलका क्रममा मुस्लिम धर्म नेता मौलाना उमर अहमद इलियासी, युरोपीय सांसद फुल्वियो मार्तुसाइल्लो र पत्रकार आतिका अहमद फारूकी समेतको सहभागिता थियो ।

युरोपीय सांसद मार्तुसाइल्लोले भारतमा रहेको भाईचारा र शान्तिको प्रशंसा गरे । उनले भारतीय नागरिकता कानुन अल्पसंख्यक समुदायका नागरिकको अधिकार र नागरिकता खोस्न नल्याएको बताउँदै धार्मिक उत्पीड़न भोग्ने र सुखसुविधाबाट वञ्चित नागरिकहरुलाई अधिकार पाउने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ