ऊर्जामन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

समाचार

3/6/2020

काठमाडौं, २३ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्।

राजदूत क्वात्राले मन्त्रालयमै शिष्टाचार भेट गरेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

सो क्रममा भारतीय लगानीमा नेपालमा सञ्चालन भइरहेका परियोजनाको अवस्थाबारे छलफल भएको बताइएको छ । विशेषगरी ऊर्जा उत्पादनसँग सम्बन्धित परियोजनाका समस्या र नेपालमा लगानी ल्याउने छलफल भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ