भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई

समाचार

3/7/2020

काठमाडौं, २४ फागुन । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

सभापति देउवालाई भेट्न राजदूत क्वात्रा बुढानिलकण्ठस्थित देउवा निवास पुगेका थिए ।

देउवाले राजदूत क्वात्रालाई सफल कार्यकालको शुभकामना दिएका छन्। नेपाल–भारत सम्बन्ध उचाइमा पुग्ने विश्वास पनि देउवाले दिएको उनको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ