भारतीय सडक निर्माणबारे सरकारले भारतीय राजदूतसँग जानकारी लियो

समाचार

5/11/2020

काठमाडौं, २९ बैशाख । नेपाल सरकारले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग नेपाली भूमि लिपुलेकमा नेपालको भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।

परराष्ट्र मन्त्रालयले राजदूत क्वात्रालाई मन्त्रालयमै बोलाएर जानकारी लिएको हो । सरकारले राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिएको छ ।

भारतीय उक्त कदमको बारेमा नेपाल सरकारले यसअघि नै विरोध गरिसकेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्क्षयद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपालले पनि विज्ञप्ती निकालेर तत्काल निर्माण कार्य रोक्न भारतलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ