काठमाडौं, २४ फागुन । कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेको बेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्ध गृह मन्त्रालयले अनुगमन तीव्र पार्ने भएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । बैठकमा सीमा नाकामा आवतजावत गर्नेमाथि सुरक्षाकर्मीबाट थप निगरानी बढाउन पनि थापाले निर्देशन दिएका छन् ।
बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायत उपस्थित थिए ।
बैठकले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिसँग समन्वय गरेर काम गर्ने पनि निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए ।
तपाईको प्रतिक्रिया