भारतीय सवारीसाधनमा रोक नलगाउन पर्यटन राज्यमन्त्रीको आग्रह

समाचार

1/10/2020

वीरगन्ज, २५ पुस । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले भारतीय पर्यटकीय सवारीसाधनलाई रोक नलगाउन आग्रह गरेका छन् ।

तराई मधेशमा पर्यटनका धेरै सम्भावना रहेको भन्दै पर्यटन राज्यमन्त्री मण्डलले भारतकै सबभन्दा बढी पर्यटक आउने भएको भारतका पर्यटकलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

बिहीबार वीरगन्जमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै पर्यटन राज्यमन्त्री मण्डलले सो कुरा बताएका हुन् ।

उनले तराई मधेशको पर्यटन सम्भावनालाई राज्यले जहिले पनि उपेक्षा गरेको आरोप लगाए । उनले मधेशका पर्यटकीय सम्भावनालाई प्रदेश सरकारले सम्बद्र्धन र संरक्षण बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ