भारतीय सहयोगमा बनेको घर हस्तान्तरण हुने

समाचार

1/19/2020

काठमाडौं, ५ माघ । भारतीय सहयोगमा पुनर्निर्माण भएका निजी आवास गृहहरू हस्तान्तरण हुने भएको छ । नेपाल र भारतका दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्सबाट हस्तान्तरण कार्यक्रममा सहभागी हुने छन् ।

सिंहदरबारमा प्रधानमन्त्री केपी ओली र दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फ्रेन्समा जोडिने छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार २१ जनवरी (७ माघ)मा कार्यक्रमको तयारी भइरहेको छ । भारतले नुवाकोट र गोरखामा कूल ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको छ ।

ती घर हस्तान्तरणका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिने तयारी भएको प्रधानमन्त्री कार्यालयका सहसचिव यमलाल भुसालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ