काठमाडौं, ५ असार । भारत–चीन सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सीमा सुरक्षा बलबीच हिंसात्मक झडपपछि भारतले लिपुलेक र नाबिढाङ क्षेत्रमा पनि सुरक्षा बढाएको छ ।
नेपाली भूमि कालापानी अतिक्रमण गरेर लामो समयदेखि बसिरहेको भारतीय सेनाले चीनसँग जोड्ने पिथौरागढका पश्चिमोत्तर सीमामा इन्डो तिब्बत बोर्डर पुलिस ( आईटीबीपी) गस्ती गरिरहेको छ ।
नाबिढाङबाट लिपुलेक पास क्षेत्रसम्म ८ किलोमिटर क्षेत्रमा चीनसँगको सीमा सुरक्षाका लागि आईटीबीपीसँगै भारतीय सेनाले पनि गस्ती गरिरहेको छ ।
तपाईको प्रतिक्रिया