भारतसँग छिट्टै वार्ता हुन्छ : परराष्ट्रमन्त्री

समाचार

12/25/2019

काठमाडौं, ९ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी क्षेत्रलगायतका विषय समाधानका लागि भारतसँग दुईपक्षीय वार्ताको तयारी भइरहेको बताएका छन् ।

सीमा समस्याबारे नेपालले पठाएको पत्रको जवाफ भारतले सकारात्मक ढंगले दिएपछि वार्ताको तयारी थालिएको मन्त्री ज्ञवालीले बताए । नेपालले भारतलाई पठाएको एक महिनापछि भारतले जवाफ दिएको हो ।

वार्ता फलदायी रहने निष्कर्षसमेत भारतको छ । यद्यपि भारतले राजदूत र परराष्ट्र सचिव आएपछि वार्ता प्रक्रिया अघि बढाउने बताउँदै आएको छ ।

भारतले नेपाल–भारत सीमाको १८ प्रतिशत समस्या समाधान भइसकेको उल्लेख गर्दै कालापानी र सुस्ता क्षेत्रको समस्या पनि सचिवस्तरीय स्थायी संयन्त्रबाट समाधान गर्ने स्पष्ट पारेको छ । जतिसक्दो छिटो वार्ता गर्नुपर्ने भारतीय आग्रह छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ