काठमाडौं, ३० असार । राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम भारतीय नभएको र अयोध्या ठोरीमै रहेको’ भनेर दिएको अभिव्यक्ति उटपट्यांग, अपुष्ट र अप्रामाणित कुरा आउनु सर्वा उपयुक्त नभएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्जको पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताएका थिए ।
प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएपछि अध्यक्ष थापाले ट्विटरमार्फत लेखेका छन्, ‘प्रमको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन ।’
तपाईको प्रतिक्रिया