काठमाडौं, ३ चैत । कोरोना भाइरस संक्रमितको पहिचान र नियन्त्रणका लागि प्रदेश ५ का मुख्य सीमानाकामा उच्च सतर्कता अपनाइएको छ ।
भैरहवा, नेपालगन्ज, कपिलवस्तुलगायत सीमा नाकामा सरकारले विशेष निगरानी बढाएको हो । नेपालगन्जस्थित नेपाल–भारत सीमानाकामा सतर्कतास्वरुप सुरक्षा र स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।
नाकामा हेल्थ डेस्क राखेर नेपाली र भारतीय यात्रुको स्वास्थ्य जाँच गरिएको छ ।
सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइए पनि नाका चालु अवस्थामा रहेको छ । बेलहिया–सुनौली नाकामा पनि भारतबाट भित्रिनेको स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।
जिल्ला स्वास्थ्य समिति महाराजगन्ज (भारत) ले पनि दसगजा क्षेत्रमा अस्थायी हेल्थ डेस्क स्थापना गरी नेपालबाट भारततर्फ जाने सबै यात्रुको स्वास्थ्य जाँच गरिरहेको छ ।
कोरोना त्रास बढ्दै गएपछि भारतबाट आउने यात्रुको स्वास्थ्य जाँच गरिएको बेलहिया नाका हेल्थ डेस्क इन्चार्ज डा. पारसनाथले बताए ।
तपाईको प्रतिक्रिया