काठमाडौं, २२ मंसिर । सरकारले भारत र चीन दुवैतिर सीमा निरीक्षण गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ ।
भारततर्फका लागि गठित सीमा निरीक्षण समितिलाई तीन महिनाभित्र रिपोर्ट बुझाउन निर्देशन दिइएको छ । चीनतर्फका लागि गठित समितिलाई उपयुक्त मौसम भएपछि अनुकूल समयमा निरीक्षण गरी रिपोर्ट बुझाउन भनिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भारततर्फ सीमा निरीक्षण समितिको संयोजक परराष्ट्रका सहसचिव यज्ञ हमाल र चीनतर्फको संयोजकमा कालीप्रसाद पोखरेलाई जिम्मेवारी दिइएको छ ।
परराष्ट्रका प्रवक्ता भरत पौडेलले भारत र चीनतर्फको सीमा निरीक्षण गरी प्रतिवेदन बुझाउन सरकारले दुईवटा छुट्टाछुट्टै समिति गठन गरेको बताए । मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गरिएको उनले जानकारी गराए ।
तपाईको प्रतिक्रिया