काठमाडौं, ७ असार । नेपालले दुई छिमेकी मुलुक भारत र चीनबीचको विवादलाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाब दिएको छ ।
परराष्ट्र मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमार्फत नेपालले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि असल छिमेकीपनको आधारमा भारत र चीनलाई विवाद समधान गर्न आग्रह गरेको हो । यसले दुईदेशबीच थप तनाब उत्पन्न हुनसक्ने भन्दै नेपालले शान्तिपूर्ण तबरबाट हल गर्न सुझाब दिएको हो ।
‘हाम्रा छिमेकीहरू भारत र चीनबीचको गलवान उपत्यका क्षेत्रमा हालसालै भएका घटनाक्रमहरूको सन्दर्भमा नेपाल विश्वस्त छ कि दुवै छिमेकी मुलुकहरू राम्रो छिमेकीको भावनाका आधारमा आपसी मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र पक्षधरताको पक्षमा शान्तिमय माध्यमबाट समाधान गर्नेछन्’, विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया