भ्रमण वर्ष घोषणामा सहभागी हुन भारतका पर्यटनमन्त्री काठमाडौंमा

समाचार

12/31/2019

काठमाडौं, १५ पुस । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा छिमेकी मित्रराष्ट्र भारतका पर्यटनमन्त्री काठमाडौं आइपुगेका छन् ।

नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन बुधबार दशरथ रंगशालाबाट हुने कार्यक्रम रहेको छ । भारतका पर्यटनमन्त्री पर्यटन प्रहृलाद सिंह पटेल नेपाल काठमाडौं आइपुगेका हुन् ।

भारतका पर्यटनमन्त्री पटेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत गरेका छन् । यसैगरी अन्य मुलुकहरुका पनि पर्यटनमन्त्री काठमाडौं आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ