वीरगन्ज, ४ जेठ । वीरगंजमा आईसोलेशनमा रहेका ९० जना कोरोना पोजिटिभहरुको कोभिड १९ विरुद्ध प्रतिरक्षा शक्ति वृद्धिमा मद्दत पुगोस भन्ने हेतुले इम्यूनिटि बुस्टर र न्यूट्रिशन सप्लिमेन्ट प्रदान गर्ने भोरले निर्णय गरेको छ ।
सामाजिक अभियन्ता प्रकाश थारुको संयोजन तथा व्यवस्थानमा यो विषेश आक्समिक पहलको कार्यान्वयन भइरहेको भोरले जनाएको छ । उक्त इम्यूनिटि बुस्टर र न्यूट्रिशन सप्लिमेन्ट प्याकेज तयारी आयुर्वेद तथा एलोप्याथि चिकित्साका विषेशज्ञ डाक्टर र पोषण विज्ञसँगको परामर्श तथा मार्गदर्शनमा गरिएको भोरका अध्यक्ष राजकुमार महतोले जनाएका छन् ।
‘सम्पूर्ण सामग्रीहरुको खरिद तथा व्यवस्थापन हुँदैछ । ९० जनालाई १० दिनसम्म पुग्ने सो प्याकेज नारायणी अस्पताल, नेपाल सरकारका प्रमुख मेडिकल सुपरिन्टेनडेन्ट डा. मदन कुमार उपाध्यायजीलाई सम्भवतः भोली हस्तान्तरण गरिनेछ ।’ महतोले जनाएका छन् ।
हस्तान्तरण पश्चात अस्पतालको नियमित व्यवस्थित प्रणाली अनुसार ९० जना संक्रमितहरुलाई प्रयोगको लागि प्रदान गरिने उनले जनाएका छन् ।
तपाईको प्रतिक्रिया