माउण्ट एभरेष्टमा चीनद्वारा फाइभ जी जडान

समाचार

5/26/2020

काठमाडौं, १३ जेठ । नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्र मिच्दै आएको चिन (उत्तरी छिमेकी) को पनि पछिल्लो समय क्रियाकलापहरु बिस्तार हुदै गएको छ ।

नेपालको उत्तर भागमा रहेको सर्वोच्च शिखर आफ्नो भन्दै चीनले फाईभ जी जडान गरेको छ । चिनियाँ सरकारले गरेको कामलाई सागरमाथा आफ्नो रहेको भन्दै चाईनिज मिडियाहरुले समाचार सम्प्रेषण गरे ।

यद्द्पी नेपाली मिडिया तथा सरकारको मौनताले सगरमाथा माथि नेपाली अधिकार गुम्ने सम्भावनाला बलियो तुल्याएको छ ।यसको बलियो उद्दाहरण – गुगल म्याप्समा सगरमाथा नेपाली भुभागबाट चिनमा देखाउन थालेको छ ।

पछिल्लो समय नेपाल दुई ढुंगा बिचको तरुल जस्तै भएको अबस्था भोगिरहेको छ । चिन र भारतको सिमा मिचाहा प्रवृति त पहिला बाट नै थियो यतिसम्म कि हिमाली र पहाडी जिल्लाको धेरै स्थानमा चिनले कब्जा जमाई सकेको छ ।

यता भारतले पछिल्लो समय कालापानी – लिपुलेक – लिम्पियाधुरा नेपाली भुभाग पनि आफ्नो दावी गर्दै आईरहेको छ । गुगल म्याम्स एक बिश्वकै प्रशिद्द मार्ग निर्देशन गर्ने सफ्टवयर (एप्लिकेशन रवेब) हो ।

यदि तपाईहरुलाई पनि यसको बारेमा प्रस्ट हुन चाहानुहुन्छ भने गुगल म्याप्समा गएर ःयगलत भ्खभचभकत सर्च गरी म्याप ट्रेस गर्न सक्नुहुनेछ ।

यसरी उत्तरी छिमेकि चिन ले सगरमाथा नै नेपालबाट कब्जा गर्दा सरकार किन मौन छ ? खोजकेन्द्रबाट साभार

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ